bookaholic_kp's review

Go to review page

4.0

"पहिलेपहिले नेपालमा कलाक्षेत्र र कलाकारलाई सबैले औधी मन पराउँथे।  तर, खासै इज्जत गर्दैनथे।  त्यसमाथि हास्यव्यङ्ग्य क्षेत्रलाई त झन् जोकर फाल्तुका रुपमा हेर्थे र कलाकारहरुको खिँसी उडाउँथे । यति हुँदाहुँदै पनि हामीले प्रहसन देखाउन छोडेनौं। "  

हुन त आत्मकथा हो, तर पढ्दा कस्तो काल्पनिक कथा पढेको जसो महसुस हुने ।  मदन सरले आफुले भोगेका कुरा कस्तो मज्जाले  लेख्नु भएका छन् कि उहाँको सोचहरु र उहाँले यो संसार हेर्ने द्रिस्तिकोण पढेर उहाँ माथि मेरो आदर झन् बढ्यो। जीवनमा सबैले आ-आफ्नो तरिका ले संघर्ष गरेकै हुन्छ, ठक्कर नखाईकन कोहि कसैले सफलता हासिल गर्दैन, कलाकार क्षेत्रमा उहाँको संगघर्स र निरन्तरता, आफुले जति दुख भोगे पनि अरुलाई हसाउन सक्नु नै महको म को सफलता हो

"आखिर व्यङ्ग्य गर्नुपर्ने कुरा समाजबाट कहिले कहिले सकिन्छ र ?"
More...