A review by aspersephone
रेत समाधि by Geetanjali Shree

4.0

पुस्तक को पहिलो १०० पृष्ठ सम्म पुग्न अलिक कठिन नै छ। यस्तो लाग्छ कि लेखक बेमतलबका गफ गर्दै छन्। तर यी बेमतलब का कुरा का नि आफ्नै बेग्लै अर्थ छन्, बिम्ब र उदाहरण ले भरिएर स्पस्ट नहोलान् तर यो लेखनी हेर्दा लाग्छ पाना भरि वाक्यहरु मधुर waltz गरिरहेका छन्।
यहाँ सबै अटाएको छ, घर, समाज, राजनिती,दर्शन, व्यङ्ग्य,संवेदना,भाषा शिल्प।

यो कथा एउटि आमा को हो जो केही समय बिना हलचल ओछ्यान मै पल्टिरहन्छिन् र जब उठ्छिन् उनी सङ्गै उठ्छन् कथा का अनेक मोड। यो कहानी एउटि छोरी को हो जो समाजले छोरी का लागि बनाइदिएका सबै परिधी भन्दा पर बाँचिरहेकी हुन्छिन् तर जब आमा चढ्दो उमेर सङ्गै दिनानुदिन बालक झैँ हुन थाल्छिन उनिलाइ मातृत्व को सबै रङ्ग ले बाँध्न थाल्छ। यो कहानी एउटा घर को हो,सामान्य घर झैँ त्यहाँ बस्ने केहि मान्छे का, सम्बन्ध का,विचारका,उच्च अहोदा समालेका बाबुको, मोडेर्न हुन खोज्ने आमाको,परदेश मा हुने सन्तानको, तीन परक पिढी को, केही नोकर चाकर को, केहि चराचुरुङ्गी, केही बोट बिरुवा,दुई देशको, केही समाजको केही तपाईं अनि हाम्रो।
यो कथा कोरिएका सिमानाको हो जो आफैमा निरर्थक छ्न्, जोडिदा जोडिदै सार्थक बनिजान्छन्। यो कथा सम्झनाको पनि हो, एक स्मृति बाट अर्को स्मृतिमा यसरी उफृन्छ कि केही समय यो चाहिँ मुख्य कथावस्तु होला भन्ने सोच्दा सोच्दै अर्कै कथा बन्न थाल्छ। पछिल्लो १०० पाना मा छन् भेटाउन पर्ने सबै कुरा तर त्यहीँ पुर्याउने बाटो भने अघिल्लो पानाहरुमा अल्झिएर आउँछ। अन्तमा भेटिने भनेको आयाम बेग्लै भए पनि यो आदत को कथा हो,प्रेम को कथा हो, समय को कथा हो।